१० बुँदेमा केपी ओली पक्षले गम्भिर षडयन्त्र गर्न खोजेको थियोः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू नेकपा एमालेमा रहँदा कार्यदलले बनाएको १० बुँदे सहमति सहमति केपी ओली पक्षको गम्भीर षडयन्त्रको परिणाम भएको बताएका छन् ।

मंगलबार पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदालतको मुद्धालाई प्रभावमा पार्नेगरी ओलीपक्षले उक्त सहमति गरेको भन्दै सहमतिको नियत र भाषा ठीक नभएको बताए ।उनले त्यतिबेलाको वार्ता फगत नाटक, अलमल्याउने र फसाउने चाल मात्र थियो भनेका छन्।

उनले भनेका छन्, हामीले उठाएका मूलभूत विषयहरु, वैचारिक पक्ष, आलोचना र आगामी दिनमा अवलम्बन गरिने निर्णय प्रक्रिया र संगठनात्मक सवालमा केपी ओली आफैंले गरेको सहमति जस्ता विपयलाई

छाडेर गरिएको कथित दश बुँदे सहमति केपी ओली पक्षको गम्भीर षडयन्त्रको परिणाम मात्र हो ।उनले विद्रोहबाट जन्मिएको पार्टीले मात्रै जनताको विश्वास जित्ने इतिहासबाट पाठ सिक्दै नयाँ पार्टी गठन गरेको दाबी गरे ।

अध्यक्ष नेपालले एमाले दक्षिणपन्थी भासमा फसेकाले विद्रोहको विकल्प नरहेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओली केशरजंग रायमाझी झैँ कम्युनिस्ट आन्दोलन विर्सजनमा क्रियाशील रहेको र पार्टीलाई सुदृढ बनाउन कार्यदलले दिएको सुझाव पालना नगरेपछि नयाँ पार्टी बनाउन बाध्य भएको नेपालको भनाइ छ ।

विद्रोहबाट जन्मिएको दलले मात्र जनताको विश्वास जित्न सक्ने पटक(पटक प्रमाणित भएको छ । पार्टी सुदृढीकरणका लागि आन्तरिक संघर्ष गर्‍यौँ । सुधारका लागि कार्यदल बनाएर सुझाव पनि दियौँ । ओलीले त्यो सुझाव नमानेपछि विद्रोह गर्दै नयाँ पार्टी बनायौँ, उनले भने ।

नेपालले एकीकृत समाजवादी यथास्थितिवादी नभएको दाबी गर्दै दलाल पुँजीवादको विरोध गर्ने बताए । हाम्रो पार्टी दलाल पुँजीवादको विरोधमा हुनेछ । राष्ट्रिय पुँजी निर्माणमा क्रियाशील हुनेछ, नेपालले भने ।

उनले आफूहरूलाई कमजोर बनाउन अनेकन षड्यन्त्र भए पनि ती प्रयास असफल बनाएको दाबी गरे । उनले भने, हामीलाई कमजोर बनाउने अनेकन षड्यन्त्र तोड्दै सम्मानजनक हैसियत बनाउन सफल भएका छौँ । कर्णालीले विद्रोहको ज्वाला दन्काएको थियो । अहिले हामीले प्रदेश २ र सुदूरपश्चिममा ठूलो दल छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय