सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै, यस्ता छन छलफलका बिषय ?

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा केही बेरमा बस्दै छ ।

मन्त्रिपरिषद विस्तार लगायतका विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनको बैठक बोलाएका हुन् ।मंगलबार दिउँसो मात्र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर

देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।त्यसपछि गठबन्धनको बैठक बोलाइएको हो। भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी छ।

यद्यपि सर्वाेच्च अदालतले माधव नेपालविरुद्ध दर्ता भएको मुद्धाको छिनोफानो गर्न ढिला गरेको कारण पनि सरकारलाई पूर्णता दिन थप ढिलाई हुनसक्ने नेताहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्
काठमाडौं । मंगलवार नेपालमा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना कोरोना संक्रमित थपिएका छन् ।यस्तै काठमाडौँ उपत्यकामा थप ४०२ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय