एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक पारित गरिँदै

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् ।

एमाले सांसदको नाराबाजीबीच नै विनियोजन विधेयक पारित गर्ने गरी बैठकलाई सभामुख सापकोटाले अघि बढाइरहेका छन् । नेमकिपा सांसद प्रेस सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् ।

सुवालले सो प्रस्ताव प्रस्तुत गरिरहँदा पनि एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ । यो पनि पढ्नुहोस् -प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदद्वारा नाराबाजी

काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको विरोध र माधव नेपालसहित १४ जना सांसदमाथि पदमुक्त हुने गरी गरेको कारबाही गरेको सूचना प्रकाशित गर्न माग राखेर एमाले सांसदहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय