काठमाण्डौ – भोलि (असोज ४) गतेदेखि दसैं/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ ।
नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट वितरण हुन्छ ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् । यो वर्षको दसैं तिहारका लागि केन्द्रीय बैंकले करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने बताएको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौं–विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि करिव १४ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ४६ करोड २८ लाख ५० हजारको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त नियुक्ती सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।कम्पनीले गोरखाको धार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।