सत्तारुढ दलहरु बरफ हुन्, चुनावपछि बिलाउँछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराउने टिप्पणी गरेका छन् ।

शनिबार पार्टीनिकट कर्मचारी संगठनको कार्यक्रममा उनले अबको १४ महिनामा सत्ता गठबन्धनमा रहेका दलहरु हराउने दावी गरे ।‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन्’ उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् ।

आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन ।’

आफूले चुनाव गराउन खोज्दा सत्ता गठबन्धनमा रहेका दलहरुले प्रतिगमन हुने भयो भन्दै विरोध गरेको भन्दै ओलीले अब १४ महिनापछि अनिवार्य चुनाव गराउनैपर्ने बताए ।

‘१४ महिनापछि त अनिवार्य चुनाव गर्नुपर्छ, के देश अनिवार्य रुपमा प्रतिगमनमा जाने भयो त ?’ उनले प्रश्न गरे, ‘जनादेश आउँदा प्रगिमन हुने भयो, संविधान मिचिने भो त ? कस्तो शासन खोजेका छन्, यी तानाशाहरुहरुले ?’- अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय