‘अबको चुनावपछि अहिलेका पाँच पार्टी हराउँछन्’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अस्वाभाविक र विचित्र ढङ्गबाट आएको औंल्याउँदै अबको १४ महिनापछि बिलेर हराउने दाबी गरेका छन् ।

शनिवार (आज) काठमाडौँमा आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकारमा रहेका दलहरू अबको १४ महिनापछि बिलाउँछन् ।उनीहरू फ्रिजमा बनाइएका आइसजस्ता हुन् । यसलाई केही छिन बाहिर राखियो भने बिलाएर कता हराउँछन् हराउँछन् ।

कोही अवैधानिक ढङ्गले बनेका छन् । हामीले साउन २५ गते कारबाही गरेको साथीहरू अहिले सांसद नै बनेर बसिरहेका छन् ।’यस्तै ओलीले निर्वाचन आयोग र सभामुखले तमासा देखाएको बताएका छन् । ‘

हामीले कारबाही गरेको सांसदहरू अहिले सांसद नै भए । निर्वाचन आयोगले तमासा देखायो ।सभामुखले तमासा देखाए,’ ओलीले भने, ‘असंवैधानिमाथि असंवैधानिक हुँदै आयो । यसैले भनेको हुँ अबको १४ महिनापछि हुने चुनावपछि अहिलेका पाँच पार्टी हराउँछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय