आज  राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीका तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक

२०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यस्तै बैठकमा व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७५ सम्बन्धी समितको

प्रतिवेदन र अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

तर यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण लगातार अवरुद्ध हुँदै आएको बैठक आज पनि चल्ने सम्भावना भने न्यून रहेको छ।

यो पनि पढ्नुहोस्
काठमाडौं । संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विवाद मिलाउन आज बार–बेञ्च समन्वय समितिको बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिउँसो २ बजे बस्ने गरी समन्वय समितिको बैठक बोलाउनुु भएको हो ।

समितिमा सर्वोच्च अदालत बार एसोसियशनका अध्यक्ष, नेपाल बार एसोसिएशनका अध्यक्ष, पूर्वअध्यक्षसहित पाँच जनाको सहभागिता हुनेछ । सर्वोच्च अदालतबाट पनि पाँच जनाको सहभागिता रहनेछ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ ।

संवैधानिक परिषद्सम्बन्धी रिटमा प्रधानन्यायाधीश राणा आफैँले विपक्षी भएको मुद्दा हेर्न नमिल्ने कानुन व्यवसायीको मागपछि उहाँले अलग हुने निर्णय गर्नुभएको थियो ।

तर न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश विना संवैधानिक इजलास बस्न सक्ने वा नसक्ने विवाद राष्ट्रिय महत्त्व भएकाले तत्काल संवैधानिक नियुक्तिविरुद्ध परेका निवेदनमा सुनुवाइ नगर्न आदेश दिएको थियो ।

संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेशपछि संवैधानिक इजलास गठनको विवाद बढेको छ । यो विवाद समाधानका लागि प्रधानन्यायाधीश राणाले समन्वय समितिको बैठक बोलाउनुु भएको हो ।

संवैधानिक इजलासको विवाद मिलाउन बार–बेञ्च समन्वय समितिको बैठक बस्दै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय