काठमाडौं । आज (बुधबार) राति काठमाडौँ उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।
न्यून चापीय प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ ।

सोही प्रणालीका कारण गत आइतबार राति काठमाडौं उपत्यका अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए ।
यसका साथै मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिक अर्थात् तराईको दक्षिणतिर छ ।महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ ।
त्यसमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति भने बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाडौं उपत्यकासहितको क्षेत्र हो ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ भदौ २३ गते (बुधबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
२०७८ भदौ २४ गते (बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२०७८ भदौ २५ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।