गुल्मी

गुल्मीमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६२ जनाको कोरोना परीक्षण गरिएकोमा ९जना पूरुष र ८ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोस्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

यससंगै सक्रिय संक्रमतिको संख्या २७७ रहेको छ ।
हालसम्म १६ हजार ७ सय ७३ जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार ८ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा ३ हजार १ सय ६४ जना पूरुष र २ हजार ७ सय २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५ हजार ४ सय ८९ जनाले कोरोना जितेर निको भएका छन ।

दोश्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमणका कारण ४४ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको छ ।

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here