कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण केही दिनदेखि परेको निरन्तरको झरी आज(मंगलबार)देखि कम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १ गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय