कांग्रेसको आयोजनामा मुसिकोट-१ मा शोक सभा सम्पन्न

नेपाली कांग्रेसको आयोजनामा मुसिकोट नगरपालिका वडा न १ आरुचौरमा स्व लाल ब केसीको स्मृतिमा शोक सभा सम्पन्न भएको छ।

नेपाली कांग्रेसको तर्फबाट साबिक नेटा गाविस वडा न ४ बाट निर्वाचित वडा अधक्ष्य केसीको यहि भाद्र-५ गते आफ्नै निवासमा स्वर्गारोहण भएको थियो।

२००३ सालमा जन्मिनु भएका केसि २०१७ सालमा प्रजातन्त्र माथी राजाले हस्तक्षेप गर्दा भएका आन्दोलनहरुमा सकृय सहभागी रहनु भएको थियो।

श्रदान्जली कार्यक्रममा शोक मन्तव्य राख्दै नेपाली कांग्रेसका नगर सचिव मोहन घिमिरेले स्वर्गीय केसिको निधनले नेपाली कांग्रेसलाई अपुरणिय क्षति पुगेको बताउनु भयो। स्वर्गीय केसि प्रती श्रदान्जली दिदै घिमिरेले शोकलाई शक्तीमा बदलेर अघि बढ्न परिवारजनलाई आग्रह गर्नु भयो।

स्व केसिका श्रीमती, दुई छोरा र दुई छोरीहरु हुनुहुन्छ। बिगत केही समय देखि छातीमा देखिएको ट्युमरको कारण उहाँको निधन भएको पारिवारिक श्रोतले बतायो।

श्रदान्जली कार्यक्रम नेपाली कांग्रेसका टोल सभापती चिरन केसिको सभापतित्व र सचिव पुरन खरेलको सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय