गुल्मीको इस्मा गाउँपालिकाका अध्यक्ष र स्थानीय युवाबिच छलफल , युवा रोजगारीलाई प्राथमिकता दिनुपर्नेमा जोड

 

अनिष पन्थी
गुल्मी

दायित्व नेपाल जनप्रशासन फेलोहरुद्वारा इस्मा गाउँपालिकामा स्थानीय युवा र जनप्रतिनिधि बिच ‘अध्यक्षसँग नागरिक’ नामक छलफल कार्यक्रमको आयोजना गरिएको छ।

युवा र स्थानीय सरकारबिच विश्वासका खाडलहरु मेट्ने र संघीय सुशासन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन जनसहभागीता बढाउने उद्देश्य
बोकेको यस छलफल कार्यक्रममा पालिकाका अध्यक्ष श्री लक्ष्मण बिस्ट, उपाध्यक्ष श्री बिमला खत्री, पत्रकार महासंघ गुल्मीका अध्यक्ष श्री टोपलाल अर्याल, स्थानीय नागरिक समाज संस्थाका प्रतिनिधिहरु, मिडियाका प्रतिनिधिहरु
गाउँपालिकाका अन्य प्रतिनिधिहरु, इस्माका स्थानीय युवाहरु तथा दायित्व फेलोहरु, र फेलोशिप कार्यक्रमसँग विभिन्न क्षेत्रबाट जोडिनु भएका अन्य युवाहरु गरी २५ जना भन्दा बढिकोको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युवा स्वरोजगारी, युवा उद्यमशीलता विकास, वित्तीय बिनियोजन र पारदर्शीता जस्ता मुद्दाहरु माथि छलफल भएको थियो ।

स्थानीय युवाहरुले उठाएको मुद्दालाई सम्बोधन गर्दै इस्माका गाउँपालिक्व अध्यक्ष लक्ष्मण बिस्टले
“युवा स्वरोजगारी र उद्यमशीलता विकास इस्माको मुख्य प्रथमिकतामा रहेको र यसकै सेरोफेरोमा रहेर स्थानीय प्रशासनले विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गरिरहेको जनकारी दिनुभयो ।

युवाहरुलाई नै लक्षित गरेर ल्याएको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत तिस जना युवाहरुलाई बिना धितो ऋण प्रदान गरिरहेको बताउनु भयो ।

त्यस्तै, उपाध्यक्ष बिमला खत्रीले “दायित्व जन प्रशासन फेलोशिप जस्तो कार्यक्रमले इस्माका युवा विशेष योजनाहरुलाई स्थानीय युवाहरु माझ पुर्याउन र स्थानीय सरकार र युवाबिचको सहकार्यलाई प्रगढ र प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनु भयो ।

यस छलफल कार्यक्रम इस्माका लागि दायित्व जनप्रशासन फेलोहरु श्री कल्पना कुँवर र गंगा बहादुर सिञ्जालीले स्थनीय साझेदार संस्था आई.आर.डि.एस.सँगको सहकार्यमा आयोजना गरिएको थियो ।
यस्ता संवादले जवाफदेहिता प्रवर्दधन गर्ने, स्थानीय नीतिगत मुद्दाहरुमा अन्तरको पहिचान गर्ने, र जनता-सरकारबिच सार्वजनिक बहसको अवसरहरु सिर्जना गरी जनताका प्रतिक्रियालाई संस्थागत गर्दै नीतिनिर्माण प्रक्रियामा युवा, महिला र सीमान्तकृत
समुदायको समावेशीकरणलाई पनि बढावा दिने विश्वास छ।

दायित्व नेपाल जन प्रशासन फेलोशिप २०२१ अमेरिकी अन्तराष्ट्रिय विकास नियोग यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा
एफ.एच.आई ३६० मार्फत सञ्चालन भईरहेको नागरिक समाजः पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गतको एक कार्यक्रर्यम हो जसले पाँचवटा प्रदेशका ११ वटा पालिकाहरुमा नियुक्ति भएका प्रतिभाशाली र उर्जावान फेलोहरुले तीन महिनाका लागि पालिका अन्तर्गतर्गका
जन-अधिकारीहरु र स्थानिय सरकारका निर्वाचत प्रतिनिधिहरुलाई स्थानीय नीति निर्माणको लागी अनुसन्धान गर्न र स्थानीय नीतिको कार्यान्वयनमा सहयोग गर्नेछन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय