मुसिकोट नगरबासीहरु कसरी पुग्ने गुनासो बोकेर कार्यक्रम स्थल ?

मुसिकोट नगरपालिकाले आज सार्वजनिक सुनुवाइ गर्ने सुनियो । केहिदिन देखिको अविरल वर्षाले सडकहरु हिलाम्य छन ।

पानी अझै रोकिएको छैन। यस अवस्थामा नगरबासीहरु कसरी गुनासो बोकेर कार्यक्रम स्थल पुग्ने हुन?
कम उपस्थिति सङै न्यून गुनासाहरु आउन भन्नकै निम्ति वामी छोडेर अन्यत्र कार्यक्रम गरिएको त पक्कै होइन होला? माझ बर्खामा नगरभरिका जनतालाइ तल्लाफाट को कुनामा पुर्याउनु तेत्ती उचित हुदैन ।

साच्चिकै गुनासा सुन्ने उदेश्य हो भने वडा स्तरमा कार्यक्रम गरे प्रभावकारी हुने थियो ।

गुनासाहरु सबै वडाहरुमा छन,विशेषत: नगर केन्द्र वामी समस्यै समस्याले जेलिएको छ , कि त सबै नगरबासी लाई सुरक्षित तवरबाट कार्यक्रम स्थल पुर्याउनु पर्यो कि कार्यक्रम सारेर नगर केन्द्रमै गराउनुपर्यो ।

त्यसो नभए वामी बासिका गुनासा सङ्ग नगर प्रशासन डराएको भान हामिलाइ हुनेछ! धन्यवाद ।

नगरप्रेमी युवा
विवेक काफ्ले (जि.एम)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय