महिला जागरण आमा समुहको समिति पुनर्गठन, अध्यक्षमा काफ्ले चयन

भुवन काफले मुसिकोट गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ काफलटोलामा रहेको महिला जागरण आमा समुहको संचालक समिति पुनर्गठन भएको छ ।

आमा समुहले शुक्रबार एक भेला आयोजना गरि नयाँ समिति गठन गर्नुका साथै मिति २०७५ जेठ २ देखि २०७८ भाद्र २ गते सम्मको आर्थिक प्रतिबेन समेत पेश गरेको समुहका सल्लाहाकार समितिका सदस्य लोकनाथ काफलेले नबखबरलाई जानकारि दिनु भयो ।

शुक्रबार गठन भएको आमा समुहको नयाँ कार्य समितिको अध्यक्षमा बालकुमारि काफ्ने चयन हुनु भएको छ ।

त्यसै गरी उपाध्यक्षमा कालिका सापकोटा, सचिबमा लक्ष्मी काफ्ले, सह-सचिबमा जुना काफले,कोषाध्यक्षमा लक्ष्मी काफ्ले, सह- कोषाध्यक्षमा पाशुपति जिसि लगायत १५ सदस्यीय समिति गठन भएको समुहका सल्लाहाकार समितिका सदस्य तेजिन्द्र जिसिले जानकारि दिनुभयो ।

उक्त भेलामा आमा समुहकी संस्थापक अध्यक्ष हरिकला काफले, संस्थापक सदस्य हुमकला काफले, हेमकला काफले, भिमकला काफले,धनिकला काफ्ले, पुतली सापकोटा, गोमा सापकोटा त्यसै गरि सल्लाहाकार समितिका सदस्य तेजिन्द्र जिसि, लोकनाथ काफ्ले, नारायण काफ्ले, अर्जुन सापकोट लगायतको बिशेष उपस्थिति रहेको थियो ।

समुहकि अध्यक्ष बालकुमारि काफलेको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचलान सचिब लक्ष्मी काफलेले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय