देशभरको मौसम बदली‚ अधिकांश स्थानमा वर्षा

काठमाडौं । गएरातीदेखि देशका अधिकांश स्थानमा लगातार वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर पानी पर्ने सम्भावना रहेके छ।

मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शुक्रबार बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

दिउँसो देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

राति पनि देशैभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय