गुल्मीमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 

गुल्मी

गुल्मीमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९६ जनाको कोरोना परीक्षण गरिएकोमा १० जना पूरुष र ११ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोस्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

यससंगै सक्रिय संक्रमतिको संख्या ६२८ रहेको छ ।
हालसम्म १६ हजार ३ सय ७१ जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार ७ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा ३ हजार १ सय ८ जना पूरुष र २ हजार ३ सय ६ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५ हजार ४२ जनाले कोरोना जितेर निको भएका छन ।

दोश्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमणका कारण ४३ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय