कांग्रेस नगरकार्यसमितिको बैठक समपन्न

अनिष पन्थी

गुल्मी
नेपाली कांग्रेस नगरकार्यसमिती रेसुङ्गा नगरपालिका गुल्मीको बैठक रेसुङ्गा नगरपालिकाका वडासभापतीको उपस्थितिमा समपन्न भएको छ।

पार्टिको आसन्न १४ औ महाधिवेशनलाई लक्ष्त गरि सबै वडाहरुलाई साबिक गाबिसका वडालाई आधार मानेर टोल समिती गठन गर्ने प्रस्ताव गरिएको छ।

वडा अधिबेशन समपन्न गर्नको लागि प्रत्येक १४ ओटै वडामा तयारि बैठक बस्न आग्रह गरिएको छ।रेसुङ्गा नगरपालिका भित्रका मतदाता नामावलीमा छुटेका मतदातालाइ छिटो भन्दा छिटो नामावली टिपाउन पहल गरिएको छ।

कोभिड १९ को दोस्रो लहरबाट नगरपालिका भित्र दिवङगत हुनुभएका रेसुङ्गा नगरपालिका वार्ड न ७ का सभापति देब बहादुर थापा ,महिला संघ क्षेत्रीय सभापति पार्बती गौतम ,नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि एव प्राध्यापक कुन्जरमणी गौतम, रेसुङ्गा नगरपालिका १० का तरुण दल अध्यक्ष गोपाल बस्नेत लगायत ३२ जनाको निधन प्रती शोक व्यक्त गरि श्रद्धाञ्जली अर्पण गर्ने प्रस्ताव समेत गरिएको छ।
नगरसभापती छवि पान्डेको अध्यक्षता रहेको बैठकको सन्चालन सचीव अनिल बस्नेतले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय