मर्मत गरेको एकबर्ष नपुग्दै सडकको अबस्था दयनीय

दिवाकर पोख्रेल
भदौ५,२०७८दाङ :दाङको लमही घोराही सडक खण्डको कालोपत्रे मर्मत सम्पन्न गरेको एकवर्ष नपुग्दै भासिन थालेको छ ।

उक्त सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्केर भासिन थालेपछी यातायातका साधन संचालनमै समस्या आएको छ । सडकको दायाँ बायाँका केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएकोे सडक विभिन्न भाग भासिनुका साथै मर्मत गरिएको कालोपत्रे उप्किएको हो ।

गतवर्ष लमही—घोराही सडकखण्ड अन्र्तगत सडक मर्मत, कालोपत्रे र ठूला–ठूला खाल्डाहरू पुर्ने काम सम्पन्न भएको थियो ।

यस सडक खण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः नाला छेउका पर्खाल (वाल) पनि भत्किएका छन् । ठूला–ठूला खाल्डाका कारण सवारी साधान संचालनमा समस्या भएको दुर्घटनाको जोखिम बढेको चालकको भनाई छ ।

लमही घोराहीमा यात्रु वाहक सवारी साधन चलाउने चालक दिपक चौधरीले खाल्डा खुल्डीका कारण निर्धारित समयमा गनतव्यमा पुग्न नसकिने र दुर्घटनाको समेत डर बढेको बताए ।

आर्थिक वर्ष २०७६ र ७७ मा लमही—घोराही अन्र्तगत पर्ने २३ किलोमिटर सडक मर्मतको लागी सडक डिभिजन कार्यालय दाङले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट तीन किलोमिटर सडकमा पक्की वाल,कालोपत्रे र दायाँ बायाँ नाला मर्मतको काम सम्पन्न भएको थियो । सोही बजेटबाट १६ किलोमिटर सडक क्षेत्रको बिचमा भासिएको नाला मर्मत र खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।

निर्माण कार्य सम्पन्न भएको बर्ष वित्न नपाउँदै पुनः सडक बिग्रन थालेपछि यात्रुहरुले पनि हैरान िखेप्नु परेको छ ।

लमही—घोराहीको मुख्य सडकमै ठूला–ठूला खाल्डाहरू हुँदासम्म मर्मतमा सरोकारवाला कसैको ध्यान गएको छैन ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले सडक मर्मत कार्यलाई जतिसक्दो छिटो काम गर्नका लागि ताकेता गरेको बताए । खाल्डाखुल्डी पुर्ने काम छिट्टै हुन्छ, यस विषयमा हामीहरुको तर्फबाट पटक पटक ताकेता भइराखेको उनको भनाई छ ।

यता सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी अमिर सुेबदीले ओभर लोडका कारण प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको बताए ।

उनका अनुसार सडकको क्षमता भन्दा बढि सवारी साधनले ओभर लोड ढुवानी गर्ने गरेकोले प्रत्येक वर्ष यस्तो समस्या आउने र यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

उनले सडक मर्मतको लागी चालु आर्थिक बर्षमा ३० लाख बजेट विनियोजन गरिएको जानकारी दिदै सडक मर्मतको काम सम्पन्न गर्ने गरी कार्यालय लागि परेको बताए ।

असोज महिनाको पहिलो हप्ताभित्र ठेकदारले उक्त सडक मर्मतको लागि कार्यादेश पाएपछि सडक मर्मतको काम अगाडि बढ्ने छ ।

लमही घोराही सडकको २४ किलोमिटर दुरीको उक्त सडक खण्ड पटक पटक मर्मत गरेपनि बारम्बार समस्या आउने गरेको छ ।- खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय