देश र नागरिककाे सेवाबाहेक मेराे अरू कुनै जागिर छैन : केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै काम नभएको बताउनुभएको छ ।

आज शुक्रवार काठमाण्डाैकाे चन्द्रागिरि हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको स्पष्ट पार्नुभयो ।

उहाँले जसले चाहे पनि आफूलाई सदुपयोग गर्न सक्ने बताउनुभयो । जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको, नागरिककाे सेवाबाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यस कारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो ।

ट्र्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पार्‍याे । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईँहरू काम लगाउनुहोस् ।’

कार्यक्रममा उहाँले शिक्षा सुधारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । चन्द्रागिरि नगरपालिका १९ मा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले त्यस क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दा– बस्दै कविता लेखेर वाचन गर्नुभएको थियो । शीर्षक आफैँ राख्नुहोस् उहाँकाे कविता यस्ताे छ–

इच्छुमतिको किनार,

घुमेर मिराडिल

घुम्दै आईपुगियो

यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा

गौरव र पौरख

यहीँका

डाडाँहरुका सतिदेवी

काँधमा बोकेर

शोकमग्न शिवजी

भौतारिएका थिए

यहीँ चन्द्रगिरि हुँदै

३२ सय वर्ष पहिले

चित्लाङबाट

गोपालीहरु

उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर

इच्छुमतिको किनार, घुमेर भिराडील

घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा गौरव र पौरख

यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर

शोकमग्न शिवजी भौतारिएका थिए

यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर काठमाडौँलाई नियालेका थिए

देवकोटाले मानवताको बिगुल फुकेका थिए

यही ठाउँमा अहिले फालिएको भिरलाई

गन्तव्य बनाएका छन पौरखीहरुले ।।

अध्यक्ष ओलीले तीन वर्षअघि पनि चन्द्रागिरि हिल्समा पुगेपछि ‘सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ’ भन्ने सन्देशको रचना सिर्जना गर्नुभएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय