भ्रस्टचार बिरोदि नेता बास्कोटाको प्रस्नःहुँदै नभएको किताब धारा कहाँबाट आयो?

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै सक्रिय भएका छन् ।

आफ्नो पार्टी भित्रका गतिविधि तथा सरकारको आलोचना गर्न उनले सामाजिक सञ्जाललाई नै मुख्य माध्यम बनाउँदै गएका छन् ।यही क्रममा उनले सरकारको आलोचना गर्दै कहाँबाट आयो हुँदै नभएको किताब धारा भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर, हुँदै नभएको किताब धारा चाहिँ कहाँबाट ल्यायो फेरि ?’

उनले लेखेका छन्, ‘बाइस धारा न मुक्तिनाथको धारा । साइपालदेखि कञ्चनज‌घासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै यो चै एकनाथ धारा वा एमसीसी ६०७ को ५.५ होला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय