निषेधाज्ञा उल्लङ्घन गर्ने ८ हजार बढिलाई कारबाही

बागलुङ : कोरोना संक्रमणको दर बढ्दै गए पछि गत साउन २८ गते देखी भदौ ५ गते सम्म जिल्ला भरी नै निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै आवश्यक काम विना बाहिर निस्कनेलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ठाउँको ठाउँ कारबाही गरेको छ । कार्यालयले जिल्ला भरी नै निषेधाज्ञालाई प्रभावकारी बनाउन अत्यावश्यक काम बाहेक सञ्चालन गरिएका सवारी साधन र सर्वसाधारणलाई कारबाही गरेको हो ।

जिल्लाको ग्रामिण क्षेत्र सँगै सदरमुकाम क्षेत्रमा निषेधाज्ञाको उल्लंघन गर्दै हिँडडुल गर्ने र विना काम सवारी साधान चलाउनेलाई जरिवान सहित कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षण विजय भण्डारीका अनुसार यस अवधीमा प्रशासनको आग्रहलाई नटेरेर संचालन गर्ने ५ वटा गाडी बाट ५ हजारका दरले २५ हजार जरिवाना संकलन गरिएको छ ।

त्यसैगरी विना काम संचालन गरेका ६ वटा मोटरसाईकलबाट २ हजारका दरले ६ हजार र प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै पसल संचालन गर्ने ६ जना व्यापारीलाई पाँच सयका दरले ३ ३ हजार रुपैयाँ जरिवाना लगाईएको छ ।

त्यसैगरी स्वास्थ्यका मापदण्ड लागु नगरी विना मास्क हिडने सर्वसाधारणका लागि १ सयका दरले जरिवाना तिराईएको छ ।

जसमा अहिले सम्म ४ जना सर्वसाधारण कारबाहीमा परेको भण्डारीले बताए ।

प्रहरीले विना काम हिँडडुल गर्ने सर्वसाधारणका लागि पनि झण्डै १ घण्टा होल्डीङमा राखेर कोरोनाको बारेमा सचेतना गराई सम्झाई बुझाई पठाएको छ । जसमा यस अवधिमा जिल्लाभर ८ हजार सर्वसाधारण कारबाहीमा परेको प्रहरी निरिक्षक भण्डारीले बताए ।

प्रहरीले बागलुङ बजार, बागलुङ–पर्वत जोड्ने लामो पुलमा घुम्न गएकाहरुलाई साँझ बागलुङ बजारको लोकतान्त्रिक चोक, उपल्लाचौर र बांगेचौरमा रलगायत बिभिन्न ठाउँबाट होल्र्ड गर्न थालिएको हो ।

त्यसैगरी गलकोट, बुर्तिबाङ, जैमिनी लगायतका क्षेत्रमा पनि अत्यावश्यक काम बाहेक बिभिन्न बाहना बनाएर बाहिर घुम्न निस्कने व्यक्तिहरुलाई होल्र्ड गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

निषेधाज्ञाक उल्लंघन गर्दैै बेवास्ता गरेर विना काम हिड्ने सर्वसाधारणलाई पहिलो पटक सम्झाइ बुझाई पठाईएको र फेरी आगामी दिनमा हिडेकोे पाइएमा नियमनुसार जरिवाना समेत गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय