पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा एमालेलाई थोत्र घर भन्दै नयाँ पार्टी बनाएकामा माधव नेपाललाई बधाई दिएका छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत माधव नेपाललाई भनेका छन्, ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ मा नेपालसहितका नेतालाई बधाइ दिएका हुन्।
उनले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताउँदै भनेका छन्, ‘अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस्!’
ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाॅ घर बनाउने अभियानमा लाग्नुभएका @ncp_madhavnepal र साथीहरूलाई वधाइ तथा शुभकामना! पार्टीहरू फुट्नु सामान्यत:राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न।अहिलेको टुटफुट नयाॅ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस! https://t.co/QhaOUeTHvp
— Baburam Bhattarai (@brb1954) August 18, 2021