गुल्मीको मुसिकोटका एक ३६ वर्षीय पुरुषको जापानमा मृत्यु

करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जापान नेपाली एकता समाजका केन्द्रित उपाध्यक्ष भिम केसीले जानकारी दिए । ११ दिन अघि बहोस भै अस्पतालमा पुर्याइ

उपचारका क्रममा मंगलबार बिहान खत्रीको मृत्यु भएको अस्पतालले जानकारी दिएको पारिवारिक स्रोतलाई उदृत गर्दै केसीले जानकारी दिए ।

मृतक खत्री श्रीमति सहित जापान बस्दै आएका थिए । श्रीमती जापान आएको पनि अझै एकवर्ष नपुगेको केसीले जानकारी दिए । खत्रीको घरमा वृद्ध बुवा आमा र एक छोरा एक छोरी रहेका छन ।

लामो समयदेखि मुटु रोगी स्वर्गीय खत्रीको अगस्ट १९ तारिक बिहिबार जापान मै अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय