गुल्मीमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

गुल्मीमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१३७ जनाको कोरोना परीक्षण गरिएकोमा २१ जना पूरुष र १६ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोस्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

यससंगै सक्रिय संक्रमतिको संख्या ६५६ रहेको छ ।
हालसम्म १५ हजार ४ सय ९७ जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा २९ सय ९४ जना पूरुष र २५ सय जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४ हजार ७ सय ४४ जनाले कोरोना जितेर निको भएका छन ।

दोश्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमणका कारण ४३ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर