थप आठ लाख डोज भेरोसेल खोप आज आइपुग्दै

काठमाडौं । चीनबाट आज (बुधबार) आठ लाख डोज भेरोसेल खोप आउने भएको छ।

चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट आज आठ लाख र भोलि आठ लाख डोज खोप आउने छ।

बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।

यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

यो पनि पढ्नुहोस्
काठमाडौं । आज प्रदेश १, बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू(भागको तराई नजिक रहेको छ। पूर्वी भू(भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको महाशाखाले जनाएको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ।

बुधबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय