नेपाली काङ्ग्रेस मुसिकोट्द्वारा नगरपालिका घेराउ,दोषीलाई कारवाही नभए तालाबन्दी गर्ने चेतावनी

गुल्मीको मुसिकोट नगरपालिकामा नेपाली काङ्ग्रेस मुसिकोट नगरकार्य समितिले मङ्गलबार घेराउ गरेको छ ।

मुसिकोट नगरपालिकामा विभिन्न किसिमका अनियमितता,भ्रष्टाचार हुदा र नागरिकहरुले पटकपटक गुनासो गर्दापनी नगरपालिकाले वेवास्ता गरेको भन्दै नेपाली काङ्ग्रेसले त्यसको विरुद्दमा घेराउ गरेको काङ्ग्रेसले जनाएको छ ।

अहिलेका जनप्रतिनिधिले आफू निर्वाचित हुदाकै दिनदेखी अनियमितताका काम गर्दै आएकोले अहिलेसम्म अनगिन्ती रुपमा भ्रष्टाचारका गतिविधि भएकोले माफी दिने ठाउसमेत नभएको विरोध कार्यक्रममा उपस्थित सर्वसाधारणले समेत बताएका छन ।

अनियमितता,भ्रष्टाचार लगायतको विषयमा काङ्ग्रेसले पटकपटक सावधानी गराउदा समेत सच्चिने कुनै संकेत नदेखिएकोले सन्चार माध्यमबाट समेत सार्वजनिक गर्न आफुहरु बाध्य भएको नेपाली काङ्ग्रेस मुसिकोटका सचिव मोहन घिमिरेले बताउनुभयो ।

पछिल्लो समय मुसिकोट नगरपालिका वडा नम्बर २ का नर बहादुर खत्री (बाबुराम)ले स्पस्ट रुपमा भ्रष्टाचार गरेको विषय सन्चार माध्यममा समेत सार्वजनिक हुदा पनि नगरपालिकाले बचाउ गरेको काङ्रेस नेताले बताएका छन ।

त्यस्तै मुसिकोट नगरपालिकामा सन्चालित एक घर एक धारा को काम सम्पन्न नहुदै उपभोक्ता समितिका अध्यक्ष कृश्नमुरारी सापकोटाले पानीको लाइन नै कटौती गर्दा पनि नगरपालिका बेखबर रहनु चरम लाहपर्वाहि भएको उल्लेख गरिएको छ ।

विरोध तथा नगरपालिका घेराउ कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेस गुल्मी जिल्ला सचिव विष्णु कुमारी सापकोटाले नेपाली काङ्ग्रेसले रचनात्मक सहयोग गर्दा वेवास्ता गरेकोले जनदबाब सहितको कडा आन्दोलन सहितको जवाफ नगरपालिकाले खोजेको र त्यसको प्रतिफलको रुपमा नगरपालिकाले ठूलो मूल्य चुकाउनुपर्ने साथै दोषीलाई ५ दिनसम्म कार्वाही प्रकृया अगाडी नबढाए आफुहरु ताल्चा लगाउन बाध्य हुने उहाले बताउनुभयो ।

तस्तै विरोध कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटाले सामान्य गुनासो आउदा पनि घटनाको छनविन गरि दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउनुको सट्टा भ्रष्टाचारिको संरक्षण नगरपालिकाले गरेकोले नगरपालिका आफै भ्रष्टाचारको भुमरीमा डुबेको प्रष्ट भएको बताउदै बैधानिक भ्रष्टाचारि उत्पादन गर्न मुसिकोट नगरपालिका र जनप्रतिनिधि खुलेरै लागेको उहाले बताउनुभयो ।

विरोध कार्यक्रममै बोल्ने क्रममा मुसिकोटका छाया सरकार प्रमुख झबिलाल भण्डारिले वर्तमान समयमा मुसिकोटको सरकारले जनभावना विपरित र जनविरोधी काम गरेको साथै कार्यकर्ता पोषण्बाहेक जनभावना अनुसार काम नगरेको भन्दै सन्चार माध्यमलाई समेत तर्साउन खोजेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझिले काङ्ग्रेस टुलुटुलु हेरेर बस्छ भनेर सोच्नु र आफ्ना कमजोरी नसच्याउनु जनप्रतिनिधिको ठूलो भुल भएको बताउनुभयो । सोही क्रममा महाधिवेशन प्रधिनिधी ज्ञानहरी सापकोटाले सर्वसाधारण नागरिक तहका गुनासालाइ वेवास्ता गरे कडा आन्दोलनमा जाने बताउनुभयो ।

सर्वसाधारण नागरिकले समेत भ्रष्टाचार भएको ठहर गर्दै हस्ताक्षर संकलन गरि नगरपालिकामा बुझाउदा समेत त्यसको कुनै सुनुवाइ नभएकोले भ्रष्ट जनप्रतिनिधि राजिनामा दे,अनियमितता बन्द गर,खानेपानी र बिजुलीको व्यस्था गर,कोभिड खोप दुरुपयोग बन्द गर लगायतका नारा लेखिएका प्ले कार्ड सहित बिरोध कार्यक्रममा सर्वसाधारण समेत नगरपालिका घेराउ कार्यक्रममा सहभागी थिए ।

कार्यक्रम नगर कार्यवाहक सभापति बेगप्रसाद शाक्यको सभापतित्व तथा सचिव मोहन घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय