गुल्मी
गुल्मीमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१२३ जनाको कोरोना परीक्षण गरिएकोमा १२ जना पूरुष र १५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जसमा ५ जना पिसिआर र एन्टिजेन परिक्षणको क्रममा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको सत्यवती गाउँपालिकामा १० जना,धुर्कोट गाउपालीकामा ८ जना, रेसुंगा नगरपालीकामा ३ जना, चन्द्रकोट गाउपालीकामा ३ जना,मुसिकोट नगरपालीकामा २ जना र गुल्मीदरबार गाउपालीकामा १ जना गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै सक्रिय संक्रमतिको संख्या ६३८ रहेको छ ।
हालसम्म १५ हजार ३ सय ६० जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमा २९ सय ७३ जना पूरुष र २४ सय ८४ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४ हजार ७ सय २५ जनाले कोरोना जितेर निको भएका छन्।
दोश्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमणका कारण ४३ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको छ ।
आज देखि निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालन भएका छन्।