गुल्मी
गुल्मी ,गुल्मीको इस्मा गाउँपालिकामा लेन्थ वर्करहरु लाई वडा न ५ का वडाध्यक्ष कलानिधि भन्डारिले आफ्ना भाईहरू को व्यक्तिगत खेतको कुलो सोर्नको लगाएको घिणित कार्यप्रति नेपाल तरुण दल क्षेत्रीए कार्य समिती क्षेत्र न २ गुल्मीले गम्भीर ध्यानाकर्षण जनाएको छ।
गाउँपालिका भित्रका सडकहरू भत्किएर जिर्ण भएको यस्तो परिस्थिती मा सडकको हेरचाह र स्तरोउन्नतिमा खटाउनु पर्ने बेलामा आफ्नो नाता
गोताको खेतमा काम गर्न लगाउनु अख्तियार को दुरुपयोग भएको बताइएको छ।
यस काम ले गर्दा इस्मा बासी सबैको सिर लाजले निहुरिएको छ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। जनताको रगत पसिना द्वारा संकलित करको दुरुपयोग गरी जनप्रतिनिधी स्वयमले व्यक्तिगत काममा
प्रयोग गर्नु आपतिजनक भएको र यस्तो अनैतिक काम गर्ने वडाध्यक्षलाई जनप्रतिनिधी भने कि परिवार प्रतिनिधी- ? यसले नौतिकताक प्रश्न उब्जाएको छ ।
अनैतिक काम गरेको स्वीकार गर्दै वडाध्यक्ष भण्डारीले इस्माली जनता सँग माफ माग्नु पर्ने समेत उल्लेख गरिएको छ । अध्यक्ष ले क्षेती पुर्ती बापत २ दिनको पारिश्रमिक दिनुपर्ने र यस्ता घिणित काम गर्नेलाई कडा कार्बाही गर्न चेतावनी समेत दिएको तरुणदल क्षेत्र नम्बर २ का सभापति झविन्द्र अर्यालले बताएका छन् । सेतो मसि