गुल्मीको लकडाउन खुकुलो : के गर्न पाइन्छ के पाइदैंन

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले लकडाउन कडा बनाई रहँदा नागरिकहरूको कष्टकर दिनचर्यालाई मध्ये नजर गरेर एक हप्ता सम्मका लागि केही खुकुलो पारिएको बताइन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार साँझ १२ बजे सम्म कडा पार्दै आएको लकडाउनलाई राती १२ बजे पछि एक हप्ता सम्मका लक गाउन खुकुलो पार्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा बसेको कोभिड सङ्कट व्यवस्थापन समितको बैठकले निषेधाज्ञालाई विगतको भन्दा केही खुकुलो पारेको सहायक जिल्ला प्रमुख अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार आगामी सोमबार राती १२ बजे सम्मका लागि दैनिक बिहान ६ बजे देखि दिउँसो ३ बजे सम्म सबै प्रकारका पसल , होटेल , रेस्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू सामाजिक दुरी कायम राख्दै खुल्ला रहने छन् ।

त्यस्तै सबै प्रकारका सार्वजनिक सवारी साधनहरू बिहान ६ बजे देखि साँझ ८ बजे सम्म चल्न पाउने छन् । त्यस पछि भने बिहान ६ बजे सम्म चल्न पाउने छैनन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले लकडाउन कडा बनाई रहँदा नागरिकहरूको कष्टकर दिनचर्यालाई मध्ये नजर गरेर एक हप्ता सम्मका लागि केही खुकुलो पारिएको बताइन् ।

उनले सार्वजनिक यातायातका साधनहरू नचल्दा प्रशासनको आँखा छल्दै मनपरी भाडा लिएर यातायातका साधनहरू चल्ने पाइएको र नागरिकहरू आर्थिक रूपले ढाड सेकाइमा पारेकोले केही समय थोरै भए पनि राहत दिने उद्देश्यले

थोरै खुकुलो पार्नु परेको धारणा राखिन् ।विद्यालयको जमघटमा पठन–पाठन, सभा–सम्मेलन , तालिम –गोष्ठी लगायत मानिसहरूको बढी जमघट हुने कार्यक्रम भने पहिला जति कै रोक लगाइएको उनको भनाई छ ।साभार :रातो पाटी

यो पनि पढ्नुहोस्
गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा सोमबार थप २ जनाको कोरोना संक्रमण पुष्टी भएको छ ।

आज (सोमबार) मुसिकोट नगरपालिकाका बिभिन्न ठाउँमा गरिएको ६ जनाको एन्टिजेन्ट परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।।

मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर ९ का १ जना पुरुष र १ जना महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १५५८ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ५१८ जनमा कोरोना पोजेतिभ र १०४० जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा १० जना पुरुष र १ जना महिला गरी ११ जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय