गुल्मीमा आज थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 

गुल्मी
गुल्मीमा कोरोना भाइरस संक्रिय संक्रमितको संख्या ७३३ पुगेको छ । संक्रिय संक्रमितमध्ये सामान्य उपचार सहित ७२७ जना होम आइसोलेसन र ६ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ।

आज थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २८५ जनाको कोरोना परीक्षण गरिएकोमा ४३ जना पूरुष र ४३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

हालसम्म १५ हजार ६२ जनामा कोरोना परीक्षण गरिएकोमा ५ हजार ३ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला २४ सय ३० जना र पूरुष ९ सय २४ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म ४५ सय २७ जनाले कोरोना जितेर निको भएका छन्। दोश्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमणका कारण ९५ जनाको मृत्यु भइसकेको छ। ४३ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय