जूममा आयो गज्जबको फिचर ?

भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूम पछिल्लो समयमा कामकाजी मानिसहरुका लागि दैनिकी जस्तै बनिरहेको छ ।

महामारीका कारण घरबाटै काम गर्न बाध्य धेरै मानिसहरुका लागि कार्यालयको कामको सन्दर्भमा हुने बैठक तथा अन्तरक्रिया आदिका लागि जूमको प्रयोग अनिवार्य जस्तै बनिरहेको छ ।

अझ विद्यालयमा जान नपाएर घरबाटै भर्चुअल माध्यमबाट पठनपाठन गरिरहेका विद्यार्थीहरुको माझमा जूम सर्वाधिक प्रयोग हुने प्लाटर्फमको रुपमा रहेको छ ।

लोकप्रियताको सिँढी चढिरहेको जूमले पछिल्लो समयमा एक नयाा फिचर थप गरेको छ, जसको नाम फोकस मोड हो ।

अनलाइन अर्थात् भर्चुअल कक्षाका बेला विद्यार्थीहरुको ध्यान नभडि्कयोस् र विद्यार्थीहरु पढाइका बेला कक्षामै केन्द्रित होउन् भन्ने अभिप्रायले जूमले उक्त फिचर पेस गरेको बताइएको छ ।

फोकस मोड फिचरको माध्यमबाट शिक्षकहरुले विद्यार्थीका भिडियो तथा स्क्रिन शेयरहरु हाइड गर्न सक्दछन् ।

यस्तोमा विद्यार्थीहरुले कक्षामा अरु को को विद्यार्थी छन् भन्ने देख्न पाउँदैनन्, जबकि शिक्षकले भने सबै विद्यार्थी तथा उनीहरुका स्क्रिन शेयर पनि हेर्न सक्दछन् ।

जूमको फोकस मोडको सहायताले होस्टले आवश्यक परेको बेला वा चाहेका बेलासहभागीलाई सजिलैसाग भिजिबल गराउन सक्दछ । अर्थात् कुनै भर्चुअल क्लासमा शिक्षकसँग फोकस मोड अफ गर्ने वा अन गर्ने अधिकार रहन्छ ।

कुनै विषयवस्तुमा विद्यार्थीहरुबीच एक अर्कालाई हेर्दै अन्तरक्रिया गर्नुपर्ने भएमा फोकस मोड बन्द गरेर सबैका स्क्रिन देखाइदिने र शिक्षकले पढाइरहेको कुरामा केन्द्रित हुनुपर्दा फोकस मोड अन गरेर सहभागीहरुले शिक्षकलाई मात्र देख्ने बनाउादा अनलाइन कक्षा निकै प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ ।

फोकस मोडमा सहभागीले अर्को सहभागीको स्क्रिन तथा अनुहार देख्न पाउँदैन । तथापि सहभागीहरुको नाम हेर्न, इमोजी प्रतिक्रिया पठाउन, अनम्यूट गरेर आफ्नो बोली अरुलाई सुनाउन वा अरुको बोली सुन्न तथा आफ्नो भिडियो चाहिँ देख्न पनि पाउँदछ ।

जूमको यो फिचरबाट भर्चुअल क्लास सञ्चालन गर्ने शिक्षकहरु खुसी हुने देखिन्छ । साथै यसको प्रयोग भर्चुअल कर्पोरेट बैठकका बेला पनि गर्न सकिन्छ ।

एक सहभागीलाई अर्कोसँग नदेखाउने यो फिचर केही हदसम्म वेबिनार जस्तै प्रतित हुन्छ । अर्थात् जूमको प्रयोग वेबिनार आयोजना गर्न पनि गर्न सक्नुहुनेछ । तथापि यसमा होस्टसँग कुनैपनि बेला सबै सहभागीलाई देखिने बनाउनसक्ने अधिकार रहन्छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै जूमले भनेको छ : डिजिटल सिकाइको वातावरणलाई ध्यानमा राख्दै फोकस मोड डिजाइन गरिएको हो । यसले विद्यार्थीहरुको सुपरीवेक्षण भैरहनुका साथै विद्यार्थीलाई चनाखो भैरहन र आफ्नो काममा ध्यान दिनसक्ने बनाउनुका साथै अरुबाट ध्यान भंग हुन दिादैन ।

कसरी सुरु गर्ने फोकस मोड ?

फोकस मोड अन गर्नर्का लागि प्रयोगकर्तासाग विन्डोज वा म्याक कम्प्युटरमा जूमको डेस्कटप क्लाइन्ट भर्सन ५.७.३ हुनु आवश्यक छ । यसको अर्थ यो फिचरको प्रयोग मोबाइल फोनबाट जूम चलाउादा गर्न सकिने छैन ।

तथापि होस्टले सबै प्रयोगकर्ताका लागि फोकस मोड अन गर्‍यो भने त्यसको असर पुरानो भर्सनको जूम चलाइरहेका वा मोबाइलमा जूम चलाइरहेकाहरुलाई पनि पर्दछ ।

अर्थात् पूरानो भर्सनको जूम एप वा मोबाइलबाट जूम चलाइरहेका बेला यदि होस्टबाट फोकस मोड अन गरियो भने उनीहरुले पनि अरु सहभागीलाई देख्न पाउने छैनन् ।

जूममा फोकस मोड फिचर सुरु गर्नका लागि –

· जूम लगइन गर्नुहोस्

· होस्टको रुपमा मिटिंग शुरु गर्नुहोस्

· टुलबारमा रहेको : ore अप्सनमा क्लिक गर्नुहोस्

· Start focus Mode मा क्लिक गर्नुहोस् र त्यसपछि Confirm मा क्लिक गर्नुहोस्

·Don’t ask me again मा क्लिक गर्नुहोस्

· यसो गर्दा होस्ट र को होस्ट सहित सबैका लागि फोकस मोड सक्रिय हुनेछ । सबै सहभागीले यसको जानकारी पनि प्राप्त गर्दछन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय