गुल्मीमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 

गुल्मी
गुल्मीमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३५ जनाको कोरोना परीक्षण गरिएकोमा २६ जना पूरुष र ९ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

रेसुङ्गा नगरपालिकामा ५ जना, सत्यवती गाउँपालिकामा ७ जना, छत्रकोट गाउँपालिकामा ९ जना, रुरुक्षेत्र गाउँपालिकामा ३ जना र इस्मा गाउँपालिकामा ११ जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

यससंगै संक्रिय संक्रमितको संख्या ६३८ रहेको छ । हालसम्म १४ हजार ६ सय २३ जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ५ हजार २ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जसमा पूरुष २८ सय ४९ र महिला २३ सय ७४ जना रहेका छन्। संक्रमितमध्ये ४ हजार ५ सय २७ जनाले कोरोना जितेर निको भएका छन्। जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९४ जनाले ज्यान गुमाएका छन ।संक्रमणदर बढदै जान थाले पछि श्रावण ३२ गतेसम्म कडाईका साथ निषेधाज्ञा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय