मुसिकोटमा फेरी कोरोना महामारिको संकेत, शुक्रबार एकै वडाका मात्रै थप ५ जनामा संक्रमण पुष्टी

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा शुक्रबार थप ९ जनाको कोरोना संक्रमण पुष्टी भएको  छ ।

आज (शुक्रबार) मुसिकोट नगरपालिकाका बिभिन्न ठाउँमा गरिएको २७ जनाको एन्टिजेन्ट परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।।

मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर २ का २ जना पुरुष, वडा नम्बर ५ कि १ जना महिला , वदा नम्बर ६ का १ जना पुरष र वडा नम्बर ९ का २ जना पुरुषर ३ जना महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १५४६ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ५१५ जनमा कोरोना पोजेतिभ र १०३१ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा १० जना पुरुष र १ जना महिला गरी ११ जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

यो पनि पढ्नुहोस्

थपिए ३९१५ कोरोना संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं । शुक्रवार नेपालमा ३ हजार ९१५ जना कोभिड १९ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तौ वितेको २४ घण्टामा २ हजार ११८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमित हुनेको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ भने निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेका छन् ।

निधन हुनेको संख्या १० हजार २३९ पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय