गुल्मी
गुल्मीमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१४५ जनाको कोरोना परीक्षण गरिएकोमा २६ जना पूरुष र २१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
यससंगै संक्रिय संक्रमितको संख्या ६०३ पुगेको छ स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । हालसम्म १४ हजार ६ सय ३२ जनाको कोरोना परीक्षण गर्दा ५ हजार २ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पूरुष २ हजार ८ सय ४९ जना र महिला २ हजार ३ सय ७४ जना रहेका छन । जसमा ४ हजार ४ सय ६१ जनाले कोरोना जितेर निको भएका छन्।
दोश्रो लहरमा कोरोना संक्रमणका कारण ४२ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर गरि कुल ९४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।