गुल्मीमा चट्याङ पर्दा दुई जनाको मृत्यु

 

गुल्मीको इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुईजनाको ज्यान गएको छ ।

चट्याङले इस्मा गाउँपालिका वडा ४ का ११ वर्षीय राहुल गन्धर्वको ज्यान गएको छ भने ६ जना घाइतेको उपचार हुँदै छ।

त्यस्तै मालिका २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए । प्रतेलको घर समेत चट्याङले ढलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय