गुल्मी -गुल्मीको इस्मा गाउँपालिका वडा ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् ।
दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ चट्याङ लागेर गम्भिर घाइते भएका छन् ।
दोहली ढाँडकी अन्दाजी १७ बर्षीया राधा खत्री, २३ गोमा खत्री र २४ शर्मिला खत्री पनि घाइते भएका छन् ।
सोहि ठाउँकै मालारानीकी २४ बर्षीया रुपा र ९ बर्षका किस्मत नेपाली पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।
वडाध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार चट्याङले सोहि वडाको मालारानीका नारायण बस्नेतका बाख्राहरुमा क्षति पुराएको छ ।
भने घाइतेहरुको उपचारको लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ ।
यो पनि पढ्नुहोस बागलुङ : कोरोना संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको एक पुरुषको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका—२ का ४८ वर्षीय पुरुषको बुधबार बिहान काठमाण्डौँ स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
गत साउन १९ गते धौलागिरि अस्पतालमा भर्ना गरिएको उनलाई चार दिन अगाडि कैलाश एयरको हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको थियो ।
उनको फोक्सोमा समस्या देखिएको बताईएको छ । आफन्तहरुले दिएको जानकारी अनुसार गयराती उनको मृत्यु भएको खनालले बताए ।
केही समय अघि मात्रै पोर्चुगलबाट छुट्टीमा नेपाल आएका उनलाई कारोना भाईरसको संक्रमण भेटिएपछि धौलागिरि अस्पतालमा उपचारत थिए ।