बागलुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु 

बागलुङ : कोरोना संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको एक पुरुषको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका—२ का ४८ वर्षीय पुरुषको बुधबार बिहान काठमाण्डौँ स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

गत साउन १९ गते धौलागिरि अस्पतालमा भर्ना गरिएको उनलाई चार दिन अगाडि कैलाश एयरको हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको थियो ।

उनको फोक्सोमा समस्या देखिएको बताईएको छ । आफन्तहरुले दिएको जानकारी अनुसार गयराती उनको मृत्यु भएको खनालले बताए ।

केही समय अघि मात्रै पोर्चुगलबाट छुट्टीमा नेपाल आएका उनलाई कारोना भाईरसको संक्रमण भेटिएपछि धौलागिरि अस्पतालमा उपचारत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय