लुम्बिनीका मुख्यमन्त्रीद्वारा राजिनामा

काठमाडौ    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा आफू अल्पमतमा परेपछी उनले राजिनामा दिएका हुन । प्रदेशसभा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिएका हुन् ।      उनी बिरुद्ध विपक्षीदल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजबादी पार्टी लगायतले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोही अबिश्वासको प्रस्ताबमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय