मुसिकोटमा जनप्रतिनिधिले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप हर्नुहोस् : नाइस टेलिभिजनको बिषेश रिपोर्ट

छड्के न्युज गुल्मी-

पछिल्लो समय गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका जनप्रतिनिधिलाई योजनाका काममा आर्थिक अनियमितताको भएको स्थानियले आरोप लगाएका छन् ।

नगरपालिकाबाट संचालित योजनाका काममा उपभोक्ता समिति गठन बिना नै भुक्तानी जनप्रतिनिधिले लिएकोे मुसिकोट वडा नं २ का स्थानियको ओरोप छ ।

योजनाका काममा जनप्रनिधिको चरम चरम लापरवाहिको बिषयमा आफूहरुले बारम्बार नगरलाई

जानकारी गराउँदा यस बिषयमा नगरपालिकाले वेवास्ता गरिरहेको स्थानिय रवीन्द्र केसीले जानकारी दिए ।

जनप्रतिनिधिले योजनाका काममा अनियमितता भएको स्थानियको आरोप शिर्षकमा समाचार प्रकाशित भएपछि जनप्रनिधि समेत पत्रकार संग आक्रोशित भएका थिए ।

यस्ता मिडियामा आएका समचारको पछि नलाग्न आग्रह गदै सबै बिषय झुटो भएको भन्दै निर्वाचित वडा सदस्य नरबहादुर केसीले आफ्नो नामको लेटर प्याडमा बिज्ञप्ती निकालेका थिए ।

मुसिकोट वडा नं २ निर्वाचित वडा सदस्य नर बहादुर केसीले निकाले बिज्ञप्ती तस्वीर स्बिष्णु आर्चाय चकित मुसिकोट गुल्मी ्छड्के न्युज

उता स्थानिय नागरिकले लगाएको बिषयमा नगरपालिका मौन रहदैँ भष्ट्र नेताको संरक्षण गरेको र यसको सत्यता र स्पष्टिकरणको माग गर्दै मुसिकोट नेपाली काँग्रेस गुल्मीले समेत बिज्ञप्ती निकालेको थियो ।

मुसिकोट नेपाली काँग्रेस गुल्मीले निकाले बिज्ञप्ती तस्वीर स् बिष्णु आर्चाय चकित मुसिकोट गुल्मी रछड्के न्युज
स्थानियको आरोपलाई स्पष्टिकरण दिनुका सट्टा बिज्ञप्तीमा मार्फत आरोप प्रत्यारोप र दोहोरीले स्थानियलाई समेत आर्थिक अनियमिततामा संकाको बिषय बन्न पुगेको छ ।

मुसिकोट नगरपालिका वडा नं २ का स्थानियले निर्वाचित वडा सदस्य बाबुराम भनेर चिनिने नरबहादुर केसीले आफ्नो आरोपको बिज्ञप्तीमा खण्डन गर्दै स्थानियले आफुलाई राजनितिक आड रहेर बर्षौ पहिलेका बिषयलाई लिएर ब्यक्ति केन्द्रित आरोप लगाएको र यो सबै झुटो भएको केसीको दाबी गर्दै आएका छन् ।

स्थानियका गुनासा र सम्बन्धित ब्यक्तिको जवाफ सहित जनप्रतिनिधिलाई आर्थिक अनियमितताको लागेको आरोपको बिषयमा नाइस टेलिभिजन गुल्मी सम्बाददाता मनोज कार्कीको सहयोगमा नाइस टेलिभिजनले तयार पारेको बिशेष रिर्पोट । बिस्तृत जानकारीको लागी तलको भिडियो पुरा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय