गुल्मी
गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालीकाका ६२ बर्षिय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।
योसँगै जिल्लामा ९४ जनाको मृत्यु भएको छ । ४२ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो।
पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २०३ जनाको कोरोना परीक्षण गरिएकोमा ५७ जना पूरुष र ४५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ५ सय ६७ पुगेको छ।
कुल संक्रमितको संख्या भने ५ हजार १ सय २१ पुगेको छ । १४ हजार ३ सय १२ जनाको हालसम्म गरिएको कोरोना भाइरस परीक्षणमा २७ सय ९७ जना पूरुष र २३ सय २४ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ४ हजार ४ सय ६१ जनाले कोरोना जितेर निको भएका छन्।