काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानले स्नातक तहको परीक्षा स्थगित गरेको छ ।
भाद्र ८ गते देखि तय भएको स्नातक तहको परीक्षा स्थगित गरिएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयले जानकारी दिएको छ ।कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कायम रहेको, कतिपय जिल्लामा निषेधाज्ञा समेत

जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सुचारु नभएकोले गर्दा पूर्व प्रकाशित परीक्षा कार्यतालिका
अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको परीक्षा नियन्त्रण माहाशाखाले सूचना जारी गर्दै जानकारी दिएको छ ।
साथै स्थगित गरिएको परीक्षा कार्यतालिका स्थिति सुधार आउनासाथ प्रकाशन गरिने हुँदा परीक्षा तयारीमा रहिरहनसमेत जानकारी गरिएको छ ।