पछिल्लो २४ घन्टामा गुल्मीमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 

गुल्मी
गुल्मीमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५८ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जना पूरुष र २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यससंगै संक्रिय संक्रमितको संख्या ४८६ पुगेको छ । संक्रिय संक्रमितमध्ये ४८३ जना सामान्य उपचार सहित होम आइसोलेसन र ३ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

हालसम्म १३ हजार ९ सय ९६ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ९ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पूरुष २ हजार ७ सय ३ जना र महिला २ हजार २ सय ५६ जना रहेका छन्। जसमा ४ हजार ३ सय ८१ जनाले कोरोना जितेर निको भएका छन्।

दोश्रो लहरमा कोरोना संक्रमणका कारण ४१ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर गरि कुल ९३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय