अपांग बाल अस्पतालद्वारा मुसिकोटका विद्यार्थीलाइ घरमै पुगेर छात्रवृत्ति वितरण

विष्णुप्रसाद आचार्य” चकित” मुसिकोट गुल्मी-अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र सक्षम आइ डी सि परियोजना,तम्घास गुल्मीद्वारा मुसिकोटका एक विद्यार्थीलाइ छात्रवृत्ति वितरण गरिएको छ |

विकलाङ्गमित्र समुहद्वारा संचालित उक्त परियोजनाले आफ्नो कार्य क्षेत्रभित्रपर्ने विद्यार्थीहरुको एक मापदण्ड बनाएर छनोट गरि मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी झेदी निवासी श्री जनज्योति प्राथमिक विद्यालय मुसिकोट ७ वामी सेराका फरक क्षमता भएका अजित रानालाई उक्त छात्रवृत्ति हस्तान्तरण गरिएको पुनस्थापना सहायक अस्मिता सापकोटाले जानकारी दिनुभयो |

अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रद्वारा संचालित सक्षम परियोजना गुल्मीले शनिबार विद्यार्थी अजित रानाको घरमै पुगेर परिवारका साथमा विद्यालयका शिक्षक विष्णुप्रसाद आचार्यको उपस्थितिमा पुनर्स्थापना सहायक अस्मिता सापकोटाले एक जोर विद्यालयको तयारी पोशाक,झोला,सिसाकलम,कापी,इरेजर,पानी खाने बोतल लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो |

हस्तान्तरण गर्दै सापकोटाले फरक क्षमता भएका उनीहरुको कमजोरीलाई लिएर कहिल्यै पनि फरक नामले नाबोलाउन,उनीहरुलाई फरक दृष्टिकोणले नहेरी सधै मायाममताले स्याहारसुसार गर्न अनुरोध समेत गर्नुभएको थियो |

शारीरिक वा मानसिक रुपमा केहि कमजोरीहरु भएपनि उनीहरुमा केहि न केहि फरक खालको क्षमता हुन सक्ने भन्दै उहाले हामीले बुझेर सोहि बमोजिमको वातावरण निर्माण गरिदिनुपर्ने बताउनुभएको थियो| घरका दाजु दिदीबहिनी तथा बाबुआमाले नै सम्मानजनक व्यवहार र सहयोग नगरे समुदायले पनि फरक तरिकाले व्यवहार गर्ने भएकोले सदैव अतिरिक्त स्याहारसुसार गर्न उहाको आग्रह थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय