गुल्मीमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

गुल्मी

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षण गर्दा ६ जना र एन्टिजेन परिक्षण गर्दा ८८ जना गरि ९४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

जिल्लाकाे रेसुङा नगरपालिकामा ३७ जना, धुर्कोट गाउँपालिकामा १३ जना, रुरुक्षेत्र गाउँपालिकामा १० जना, छत्रकाेट गाउँपालिकामा २५ जना, गुल्मीदरबार गाउँपालिकामा १० जना, इस्मा गाउँपालिकामा चार जना, सत्यवती गाउँपालिकामा २ जना,मदाने गाउँपालिकामा १ जना गरि ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ४७९ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १ जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाकाे चन्द्रकोट गाउँपालिका कि ५३ वर्षिय महिलाकाे मृत्यु भएको हाे। गुल्मीमा दोश्रो लहरको काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सख्या ९३ पुगेकाे छ।

अहिले सम्म कुल ४ हजार ३ सय ८१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर