गुल्मी -गुल्मीमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
८४ जनाको कोरोना परीक्षण गरिएकोमा १५ जना पूरुष र ११ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यससंगै संक्रिय संक्रमितको संख्या ३८६ पुगेको छ।
संक्रिय संक्रमितमध्ये ३८२ जना सामान्य उपचार सहित होम आइसोलेसन र ४ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
हालसम्म १३ हजार ७ सय ४५ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ८ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पूरुष २ हजार ६ सय २९ जना र महिला २ हजार २ सय ३० जना रहेका छन्। जसमा ४ हजार ३ सय ८१ जनाले कोरोना जितेर निको भएका छन्।
दोश्रो लहरमा कोरोना संक्रमणका कारण ४० जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर गरि कुल ९२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
यो पनी पढ्नुहोस्
गुल्मी । २२ साउन २०७८, गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
संकास्पद लक्षण देखिएका १० जनाको आज वामीटक्सार स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ५ पुरूष र १ महिला गरी ६ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । दोस्रो भेरियन्टबाट हाल सम्म संक्रमित भएकाहरू मध्ये आज ३ जना संक्रमण मुक्त भएका छन ।
आज संक्रमित हुनेहरूमा वडा नं. ३ का १ महिला र २ पुरूष, वडा नं. ४ का १ पुरूष, वडा नं. ७ का १ पुरूष र वडा नं. ९ का १ पुरूष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारी दिनु भयो ।
बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ४९५ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ ।
कुल ४९५ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले १० जनाको मृ,त्यू भइसकेको, ४७४ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल २१ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।