कक्षा १२ लगायत सबै परिक्षा स्थगन हुने निश्चित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसीएमसीलाई सिफारिस गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत कोभिड १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै परिक्षा स्थगन गर्न सिफारिस गरिएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु’ ।

यसअघि पनि श्रेष्ठले परिक्षा स्थगन गर्नुपर्ने धारणा राखेका थिए । परिक्षा रोक्न राजनीतिक दलका शीर्ष नेता देखि थुप्रैले माग गरेका थिए । त्यस्तै सामाजिक सञ्जालमा समेत कक्षा १२ लगायतका सबै परिक्षा स्थगन गर्न चर्काे रुपमा माग उठिरहेको छ । ट्वीटर, फेसबुक आदिमा पनि #CancelNEBExams ट्रेन्ड चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय