गुल्मीमा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना सङक्रमण पुष्टि

 

गुल्मी
गुल्मीमा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर परिक्षण गर्दा ११ जना र ऐन्टिजेन परिक्षणको क्रममा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिकामा १ जना, मुसिकोट नगरपालिकामा २ जना, मालिका गाउँपालिकामा १ जना, मदाने गाउँपालिकामा ४ जना, धुर्कोट गाउँपालिकामा ६ जना, कालीगण्डकी गाउँपालिकामा १ जना, सत्यवती गाउँपालिकामा २ जना, छत्रकोट गाउँपालिकामा ९ जना, रुरुक्षेत्र गाउँपालिकामा १८ जना,इस्मा गाउँपालिकामा ९ जना र गुल्मीदरवार गाउँपालिकामा २ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८० जना डिस्चार्ज भएका छन । जिल्लामा संक्रिय संक्रमित ३ सय ९१ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९२ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय