गुल्मी – गुल्मीमा जीप दुर्घटना हुदा ५ जना घाइते भएको छन ।
बुधवार बेलुकी जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–४ खैरेनीबाट लिम्घा तर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जीप आफै अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खसेको छ। दुर्घटनामा ५ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरुमा सत्यवति–४ बस्ने वर्ष ३६ का चालक सेरबहादुर श्रीसमगर, सत्यवति–४ बस्ने ६८ वर्षकी नैनकला पौडेल, सत्यवति–७ बस्ने ७४ वर्षका चन्द्र बिक, सत्यवति–५ बस्ने ५० वर्षकी दिलकुमारी पुन र सत्यवति–५ बस्ने ६५ वर्षकी भद्रिकला ज्ञवाली रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा दैनिक कोरोना परिक्षण दर घट्दै गएको छ ।
आज (बुधबार) मुसिकोटका जम्मा १६ जनाको कोरोना परिक्षण गरिएको छ, जस मध्य २ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी दिएको छ ।।
मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर ३ कि १ जना महिला र वडा नम्बर ९ का १ जना पुरुष रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १४७६ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४८९ जनमा कोरोना पोजेतिभ र ९८७ जनामा कोरोना नेगेटिभ आएको छ ।
कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक जिसिले जानकारी दिनुभयो ।
।
त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ९ जना पुरुष र १ जना महिला गरी १० जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।