मुसिकोटमा सामुदायिक बिकासका लागि बाख्रा उधम परियोजनाको स्थलगत अनुगमन तथा प्रोत्साहन रकम प्रदान कार्यक्रम सम्पन्न

महेन्द्र घिमिरे मुसिकोट गुल्मी । मुसिकोटमा सामुदायिक बिकासको लागि बाख्रा उधम परियोजनाको स्थलगत अनुगमन तथा प्रोत्साहन स्वरुप रकम प्रदान कार्यक्रम म्प मुसिकोट नगरपालिका २ देउरालीमा सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका गुल्मी र हेफर नेपाल प्रोजेक्ट आर्थिक सहयोग तथा जनबिकास केन्द्रको संचालनमा संचालित सामुदायिक बिकासको लागि बाख्रा उधम परियोजना मुसिकोट नगरपालिका १-४ को स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रम मुसिकोट नगरपालिका २ देउरालीमा सम्पन्न गरिएको छ ।

मुसिकोट नगरपालिका १-४ मा सामुदायिक बिकासका लागि बाख्रा उधम परियोजना अन्तर्गत निर्माण गरिएका बाख्रा खोरको अनुगमन तथा प्रोत्साहन स्वरुप रकम प्रदान समेत गरिएको थियो।

नेतृत्व बिकास सामाजिक बिकास तथा आर्थिक बिकासको लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताउदै यश कार्यक्रमका संयोजक रह्नु भएका बाबुराम पन्थिले हालसम्म २५१२ घरधुरीमा सन्चालनमा रहेको बताउनु भयो ।

मुसिकोट नगरपालिका र हेफर नेपाल प्रोजेक्ट को करिब ४ करोडको आर्थिक साझेदारीमा कार्यक्रम बिगत २ बर्स अघिबाट संचालित छ।

मुसिकोट नगरपालिका १-४ मा हाल सम्म १०० भन्दा बढी आधुनिक खोर निर्माण भैसकेको र उनिहरुलाइ व्यावसायिक रुपमा अघाडी बढाउन सहयोग पुर्याउने बताउदै नगर प्रमुख सोमनाथ सापकोटाले किसानलाइ व्यावसायिक रुपमा आत्मनिर्भर गराउदै रोजागार सङ्गै मासुमा मुसिकोट नगरपालिकालाई आत्मनिर्भर गराउने बताउनु भयो।

कार्यक्रममा कार्यपलिका सदस्य सरस्वती घिमिरे सामाजिक बिकास समिती संयोजक हरि प्रसाद छन्तेल उप प्रमुख कमला शर्माले मन्तव्य राख्नु भएको थियो। २०७८/०४/१९ र २० गते स्थलगत अनुगमन कार्य सम्पन्न सङ्गै आज एक कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रोत्साहन स्वरुप रकम बितरण बाख्रा उपहार लगायतका कार्य गरिएको थियो। कार्यक्रम मुल समुहकी अध्यक्ष राधिका घिमिरेको सभाअध्यक्षा रहेको

कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा प्रमुख अथिति उप प्रमुख कमला शर्मा विशेष अथिती वडा अध्यक्ष कर्ण बहादुर घर्ती लक्ष्मण खत्री कार्यपालिका सदस्य हरि प्रसाद छन्तेल गोबिन्द नेपाली सरस्वती घिमिरे वडा सदस्य शकर रायमाझी धुर्ब पछाइ कृषि अधिकृत जनक पौडेल पशुसेवा शाखा प्रमुख महेन्द्रराज पन्थी कार्यक्रम संयोजक बाबुराम पन्थी महेन्द्र घिमिरे तेजेन्द्र महत पशुसेवा प्राबिधिक लगायतको उपस्थितिमा गरिएको हो।

स्वागत मन्तव्य लक्ष्मी खत्री र संचालन कमला आचार्यको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय