प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ठाडो निर्देशन

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन निर्देशन दिएको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

उनले कार्यभार सम्हालेदेखि प्राधिकरणको नाफा दोब्बरले घटेको छ ।

जसका कारण नै राजीनामा मागिएको स्रोतले बतायो ।‘ऊर्जामन्त्रीले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दा राजीनामा माग्नु भएको हो,’ स्रोतले भन्यो ।

यस्तै प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो ।

उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।२०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

अघिल्लो सरकारले कुलमानलाई नै निरन्तरता नदिएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय